निर्मात्री शर्मिला पाण्डेको आगामी फिल्म 'परस्त्री' मा नायिका शिल्पा मास्के अनुबन्धित भएकी छिन l उनी फिल्मको मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् l निर्देशक दीपेन्द्र के खनालको लेखन रहने यस फिल्मलाई निर्मात्रीकै छोरा सुरज पाण्डेले निर्देशन गर्ने छन् l डीएस डिजिटलको ब्यानरमा निर्माण गरिने फिल्मलाई  नीरज कँडेलले छायांकन गर्नेछन् ।फागुन तेस्रो साताबाट फ्लोरमा जाने फिल्ममा शिल्पाको अपोजिटमा कलाकार कोसिस छेत्री रहेका छन् l फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुने छ । आगामी वर्षको वैशाख ३० गतेबाट प्रदर्शनमा आउने फिल्मको हाल धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको छ ।