देशको अभिभावक राष्ट्रपति बिद्या देवी भण्डारीले भारतकी दिवंगत गायिका लता मङ्गेशकरको निधनमा दुःख व्यक्त गरेकी छिन् l ट्विटर मार्फत राष्ट्रपति भण्डारीले लताको निधनमा दुःख व्यक्त गरेकी हुन् l राष्ट्रपति भण्डारीले लेखेकी छिन् : धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवंगत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ ९२ वर्षको उमेरमा मङ्गेशकरको मुम्बईमा गत आइतबार निधन भएको थियो l उनले केही नेपाली गीतमा समेत आफ्नो आवाज दिएकी छन् l