कोरोना भेरीएन्ट ओमिक्रोनको कारण केही हप्ता देखी बन्द भएको सिनेमा हल आगामी आइतबार बाट पुनः सुचारु हुने भएको छ l कोरोना बढे पछि सरकारले केही हप्ता अगाडी सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो l कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा काठमाडौैं, भक्तपुर र ललितपुरका तीन सिडिओको संयुक्त बैठकले फिल्म हल, रात्रिकालीन व्यवसाय र विद्यालयलाई आगामी आइतबारदेखि सञ्चालन अनुमति दिने निर्णय गरेको हो । उक्त समय केही फिल्महरू पनि रिलिज भएका थिए l एकाएक उक्त निर्णय भएपछि स्पाइडरम्यान, पुष्पा, कठपुतली, जापानी सुपर हिरो फिल्म एनिमे र चपली हाइट ३ चल्दाचल्दै रोकिएका थिए । अब ती फिल्महरू आइतबार बाट पुनः प्रदर्शन हुने छन् भने अन्य नयाँ फिल्मको भने टुङ्गो लागि सकेको छैन l