चर्चाको साथमा विवादित बनिरहेको गायनमा आधारित रहेको रियालिटी सो नेपाल आइडलले यो साता निशुल्क भोटिङको व्यवस्था मिलाएको छ । आफ्नो मन पर्ने प्रतिस्प्रर्धीलाई अब भोट गर्ने नेपाल आइडलको एप डाउनलोड भोट गर्ने मिल्ने भएको छ । गत साता नो एलिमिनेसन भएसँगै नेपाल आइडल बिरुद्ध सामाजिक सञ्जालमा बिभिन्न टिकाटिप्पणी भएको थियो । नेपाल आइडलले फेसबुकको आधिकारीक पेज मार्फत सुचना दिँदै आयोजकले एसएमएस भोटिङ र एप मार्फत भोट गर्दा पैसा नलाग्ने बताएको हो । आयोजकले आफूलाई भोट गर्न मन लागेका प्रतियोगीलाई नेपाल आईडलको एप डाउनलोड गरेर ५ वटा सम्म भोट गर्न सकिने बताएको छ। साथै, केही गुनासा भए सभ्य भाषामा व्यक्त गर्न अनुरोध गरेको छ। हाल कार्यक्रमको टप ४ मा निशान भटटराई, सागर आले, प्रताप दास र बुद्ध लामा रहेका छन् ।