गीतकार डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत र स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘किन यसरी’ बोलको गीतलाई युट्युब च्यानल दी डिभाइन म्युजिक बाट हेर्न सकिन्छ l भिडियोमा मोडलद्धय आकाश श्रेष्ठ र अञ्जली अधिकारीले अभिनय गरेका छन् l
विधान कार्कीको निर्देशन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् l मनीषा पोखरेलको कला निर्देशन रहेको भिडियोमा हरि हुमागाँइको छायांकन देख्न सकिन्छ l