गीत ‘नोगेन’ सार्वजनिक भएको दुई दिनमै युट्युबको ट्रेन्डिङ १ मा पर्न सफल भएको छ l प्रमोद खरेलले द भ्वाइस किड्सकी प्रतिस्पर्धी बालिका रुक्सना लिम्बुको आवाजमा समावेश गीतलाई हाल सम्म १२ लाखभन्दा बढी दर्शकले हेरेका छन् l गीतमा ८ हजारभन्दा बढीले प्रतिक्रिया जनाइसकेका छन् । अधिकांश प्रतिक्रिया सकारात्मक छन् । एक लाख १० हजारले गीतमा लाइक बटम थिचेका छन् । मिनाक्षी कोइरालाको निर्देशन रहेको भिडियोमा प्रमोद र रुक्सनानै फिचर्ड छन् l गीतमा शब्द र संगीत महेश खड्काको रहेको छ ।