फिल्म 'चपली हाइट ३' आइतबार बाट हल खोले सँगै सोही दिन बाट पुन :प्रदर्शन हुने भएको छ l केही महिना अघि हलमा प्रदर्शन हुँदाहुँदै फिल्मलाई कोरोनाले बिचल्ली बनाइदिएको थियो l सरकारले हल बन्द गर्ने निर्णय गरेपछि फिल्म चल्दाचल्दै रोकिएको थियो l अब भ्यालेन्टाइनडेको दिन फिल्म दर्शकले हेर्न पाउने भएका छन् l दोश्रो मौका पाएको फिल्मले सिनेमा हल्ललाई केही सम्मको राहत दिने अड्कल काट्न सकिन्छ l  ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्म अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो । फिल्मलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् ।