रियालिटी शो 'नेपहपको श्रीपेच' को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ l प्रोमोमा अहिलेका भाइरल र्यापर 'माइला'को प्रस्तुतिलाई देखाइएको छ lप्रोमोमा मिस्टर डी, डेजेन र कवि-जी प्रि–जजहरूको रूपमा देखिएका छन् l तर यस शोको जजमा भने र्यापर बालेन शाह, गिरिस् खतिवडा र मानस घले छन् l यस अघि निर्माण टिमले पहिलो प्रोमोमा फीमेल र्यापर फुर्दुकीलाई देखाएको थियो l जुन भिडियोले हाल सम्म युट्युबमा २ लाख तीस हजार भ्युज र विभिन्न सामाजिक सञ्जालमा २० लाख भ्युज प्राप्त गरेको छ । कार्यक्रम फागुन १६ बाट इमेज टेलिभिजन र डी म्युजिक टिभी मार्फत प्रसारणमा आउने भएको हो । कार्यक्रम युट्युबमा भने ओ.एस.आर रियालिटीबाट आउनेछ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच' र्याप म्युजिक रियालिटी शो हो । डी म्युजिक टिभीको प्रस्तुति रहेको उक्त शोलाई सुदिप पोख्रेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् । कार्यक्रमका लागी ८००० भन्दा बढीले डिजिटल अडिसन मार्फत सहभागिता जनाएका थिए जस मध्य ६०० जनाको विभिन्न सहरमा फिजिकल अडिसन लिइएको थियो । अब फिजिकल अडिसनबाट छानिएका १२३ जना ले श्रीपेचको लागी प्रतिस्पर्धा गर्नेछन् । 'नेपहपको श्रीपेच' को विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने छन् ।