करिब ३६ बर्ष पछि बरिष्ट कलाकार टीका पहारीले ‘लाटीको छोरो’ नाटक मार्फत रंगमञ्चमा पर्किएका छन् । समय व्यस्तताका कारण नाटकमा फर्किन नपाएको बताउने टीका लाटीको छोरोमा भने प्रधानपञ्चको भुमिकामा देखिएका छन् । नाटकमा  अदिमकाल देखि बसोबास गर्दै आइरहेका डोम समुदाय माथि राजनितिक, आर्थिक र समाजिक रुपमा हस्तक्षेप गरिरहेका असुन्दर मानिसहरुको बसोबास गर्ने ठाँउको नाम सुन्दर गाँउ छ । सोही गाँउमा बोल्न नसक्ने, मानसिक सन्तुलन गुमाएकी लाटी उपनाम पाएकी बस्छिन् । उनी माथि समाजले हेर्ने दृष्टिकोण र उनलाई गर्ने असमान व्यवहारलाई नै ‘लाटीको छोरो’मा देखाइएको छ । मण्डला थिएटरमा लाटीको छोरो सोमबार बाहेक हरेक दिन मञ्चन भइरहेको छ। सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको नाटकमा टीका पहारीको साथै  पशुपति राई, रामप्रसाद शर्मा, सन्दिप पौडेल, कुन्दन थारु, कुशल पाण्डे, प्रकाश दाहाल, रोशन सुवेदी, राजन काफ्ले लगायतको भूमिका रहेको छ। नाटक ’लाटीको छोरो’ हरेक दिन सोमबार बाहेक साझ ५ः३० बजे असोज ८ गते सम्म मञ्चन हुनेछ।