गायन क्षेत्रमा संघर्श गरी रहेका 'नेपाल आइडल सिजन ४' का प्रतिस्पर्धी हुन् राजकुमार परियार l सो को टप १० मा पुगेर बाहिरिएका उनी सिजन ४ मा गोल्डेन माइक पाउने पहिलो प्रतिस्पर्धी पनि हुन् l पोखरा बाट अडिसन दिएर सो मा छानिएका परियारले गायन क्षेत्रमा जम्न घरै छोडेका थिए l बुवा सँग झगडा गरेर पोखरा हानिएका राजकुमारले यस क्षेत्रमा जम्न बुवा सँग बोलचाल नभएको कुरा अन्तरवार्ता मार्फत बताएका छन् l घरमा सबैले सपोर्ट गरेता पनि बुवा बाट सकारात्मक प्रतिकृया नपाएको उनको गुनासो छ l

प्रश्न सोध्दै जाने क्रममा सिन पाटीले गायन क्षेत्रमा जम्न तपाईँले बुवा सँग झगडा गर्नु भएको हो भन्दा उनले यस्तो अभिव्यक्ति दिएका थिए 'घरमा बसेर केही नहुने देखे पछि आफू पोखरा जाने र उतै बसेर संगीत क्षेत्रमा संघर्श गर्छु भनेको थिए l नयाँ नयाँ ठाउँमा सिक्दै बुझ्दै गर्छु भन्दा घरमा बाबा मान्नु भएन l त्यस पछि दिदीहरूलाई भने l दिदीहरू बाट सकारात्मक प्रतिकृया पाए उहाहरुले  भाग हामी घरमा कुरा मिलाउँछौ भन्नु भयो l त्यसपछि चाहिँ म पोखरा आएको हो l पोखरा बाट फोनमा कुरा हुँदा पनि आमा सँग मात्र बोल्थे बुवा नजिक हुँदा चाहिँ फोन काटिदिन्थे l अहिले चाहिँ उहाँ बाट पनि सपोर्ट छ l अन्तर्वार्तामा उनले ती दिनहरू सम्झँदै मिठो हाँसोका साथ सो कुराहरू बताएका थिए' l