उल्सन श्रेष्ठ र सन्ध्या जोशीले लगन गाँठो कसेका छन् l आइडल बाट एक अर्काको प्रेममा परेका यो जोडिले प्रेम सम्बन्धलाई लगन गाँठोमा परिणत गरेका हुन् । पारिवारिक जमघट र सीमित व्यक्तिको उपस्थितिमा यी दुवैले विवाह गरेका हुन् । २ वर्ष देखि प्रेम सम्बन्धमा रहेका उल्सन र सन्ध्याले तरकारी , सुस्त लगायत गीतमा सहकार्य गरेका छन् । आइडलमा सन्ध्या टप १० मा पुगेकी थिइन् भने उल्सनले टप ८ सम्मको यात्रा तय गरेका थिए ।