संचारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतमले चलचित्र निर्माण गर्ने औपचारिक घोषणा गरेकी छिन् । केही दिन अघि चलचित्र निर्माण गर्ने खबर बाहिरिए सँगै नाम भने सार्वजनिक भएको थिएन् । काठमाडौँमा बुधबार एक कार्यक्रम बिच चलचित्रको नाम ‘अनुराग’ रहने घोषणा गरिएको हो । चलचित्रलाई सत्यराज चौलागाईले निर्देशन गर्ने छन् । एरिका फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्रको कथा भने सांगेतिक प्रेम कथामा आधारित रहने निर्माण पक्षले जानकारी दिएको छ । अनुरागमा एलिजा स्वयंम नायिकाको रुपमा डेव्यु गर्दै छिन् ।
 

उनको साथमा मोडल दिपक घिमिरे मुख्य भुमिकामा रहने बताइएको छ । करिब ४५ दिनको छायाँकन हुने चलचित्रको बजेट भने एक करोडको रहने निर्माण पक्षको दाबी रहेको छ । कार्यक्रममा बोल्दै ऋषि धमला भन्छन् ‘चलचित्र क्षेत्रको बिस्तारको लागी श्रीमती एलिजाले निर्माण गर्ने लागेको चलचित्र ‘अनुराग’ले ठुलो भुमिका खेल्ने छ ।’ चलचित्रमा नयाँ सोच र प्रस्तुती रहेको धमला बताउछन् । यस्तै लामो समय क्यानडा बसेर नेपाल फर्किएकी एलिजा आफ्नो चलचित्रमा खेल्ने सपना पुरा भएको खुसी लागेको बताइन् । त्यस्तै ऋषि धमलाको पत्नी भन्दा गर्व लागेता पनि आफ्नो नाम बाट चिन्ने प्रयास गरेको उनी बताउछिन् । चलचित्रमा एलिजा र दिपकको साथै सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । कात्र्तिकको तेस्रो साताबाट छायाँकन सुरु हुने छ भने प्रदर्शन भने अब आउने नयाँ बर्षमा हुने निर्माण पक्षले जानकारी दिए ।