फाल्गुन १३ मा आफ्नो फिल्म सँग पल र पूजाको 'म यस्तो गीत गाउँछु २' जुध्ने भएपछि 'लप्पन छप्पन' टिमले घोर आपत्ति जनाएको छ l संघले फागुन १३ गते फिल्म ‘लप्पन छप्पन २’ सँग फिल्म ‘म यस्तो गीत गाउँछु २’ भिडाउने निर्णय गरेको हो । उक्त मितिलाई आफूहरूले पहिला रोजेको भन्दै 'लप्पन छप्पन' ले आपत्ति जनाउँदै एक बिग्यप्तीनै निकालेको छ l निर्माता निर्मल कुमार मिश्रद्वारा हस्तारक्षित विज्ञप्तिमा गत पुस १९ गते फिल्म संघमा निवेदन दिएर (दर्ता नं. ३५१) फिल्मको प्रदर्शन मिति दर्ता गरेको उल्लेख गरिएको छ ।
फिल्म संघले सबैभन्दा पहिला संघमा निवेदन दिएर मिति बुक गर्ने फिल्मलाई प्रदर्शनको अनुमति दिने बताएको थियो । तर, यस पटक संघले आफ्नै निर्णय लत्त्याउँदै पहिला नै संघमा निवेदन दिएर प्रदर्शन मिति बुक गरेको फिल्ममाथि अर्को फिल्म भिडाउने निर्णय गरेको हो ।