शर्ट मुभी 'वरदान' युट्युबमा रिलिज गरिएको छ l गज्जब युट्युब च्यानल मार्फत रिलिज गरिएको फिल्मको कथा तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् l शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको ‘वरदान’ २४ मिनेट अवधिको छ ।
फिल्ममा अभिनेता दयाहाङ राई , नायिका नम्रता श्रेष्ठ , लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले पनि अभिनय गरेका छन् । फिल्मले आत्महत्या रोकथामको विषयलाई उठाउनुका साथै स्वास्थ्यको संवेदनशीलतालाई सबैले ख्याल गर्नुपर्ने सन्देश दिन्छ । नम्रता र दयाहाङले ‘सम्बोधन’ पश्चात दोस्रो पटक सहकार्य गरेका हुन् ।