पार्कर लिम्बुको आवाजमा 'गहिराइ’ बोलको गीत सार्वजनिक भएको छ l गीतको शब्द , संगीत पनि गायक स्वयम्कै रहेको छ l निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियो छायांकन उत्तम हुमागाईँले गरेका हुन्।

भिडियोमा एलिसा राईले र मोडल नीराजन प्रधानलाई फिचर्ड गरिएको छ l भिडियोको सम्पादन विकाश धमलाले गरेका छन् । सार्वजनिक गीतलाई गायक पार्करले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।