'ए मेरो हजुर ४' को टाइटल गीत 'फूलको थुँगा' इन्टरनेट रिलिज भएको छ l सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाजमा समावेश गीत रबी मल्लले कोरेका छन् l गीतको लय सिर्जना कल्यान सिंहको रहेको छ l भिडियोमा सुहाना र अनमोल रोमान्टिक मुडमा देखिएका छन् l झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् । सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । फिल्म नयाँ वर्ष वैशाख १ गते प्रदर्शनमा आउने छ ।गीतलाई युट्युब च्यानल बुढा सुब्बा डिजिटल मार्फत रिलिज गरिएको हो l