निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हनी बनी’मा नायक सलोन बस्नेत पनि अनुबन्धित भएका छन् lमार्चबाट फ्लोरमा जाने फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । अधिकांश छायांकन लन्डनमा गरिने फिल्ममा सलोनको भूमिका बारे भने खुलाईएको छैन l ७ करोड लागतमा निर्माण हुन लागेको यस फिल्मलाई रबी इन्टरनेशलको प्रस्तुति रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा बनाउन लागिएको हो l फिल्ममा नयाँ अनुहारको पनि अभिनय रहनेछ । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् l