बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो वैवाहिक बर्षगाँठको अवसरमा मगंलबार आफ्नो आत्मकथा ‘महको म’ सार्वजनिक गरेका छन् । मदनकृष्णको ‘महको म’लाई हरिवंश आचार्यले लोकार्पण गरेका थिए । करिब ३७ बर्ष एकसाथ मह जोडीले कलाकारितामा सहयात्रा गरिरहेको छ । आफुले नजानेर केही गल्ती गरेमा माफी माग्दै हरिबंशले मदनकृष्णको पुस्तकको बिमोचन गरेका थिए । 
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, उनका छोरा संगीतकार यमन श्रेष्ठ र छोरी सराना श्रेष्ठले पनि सांगीतिक प्रस्तुति दिए। आत्मकथा लेखनका लागि प्रेरित गर्ने, सहयोग गर्ने सम्पूर्णलाई मदनकृष्णले धन्यवाद व्यक्त गरेका थिए । पुस्तकमा अभिनय देखि, हरिवंश आचार्य, श्रीमती र शारीरिक समस्यासँगै अन्य सम्बन्ध एवं घटनाहरुको संग्रह रहेको उनी बताउछन् । उनले पुस्तक मार्फत ती सबै राम्रो गर्न प्रेरितहरु सम्झन खोजेको बताए।  फाइनप्रिन्टले प्रकाशन गरेको किताब ’महको म’को मूल्य हार्डकभरको ८७६ रुपैयाँ र  पेपरब्याक मूल्य रु ५७६ रहेको छ।