पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को गीत 'आफ्नै सम्झी परेली छुन्छौ' सार्वजनिक भएको छ । गीतमा गायक सुरेश लामा र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीतको भिडियोमा पल र पूजा रोमान्टिक देखिएका छन् l
फिल्मलाई निर्देशक थापा र पूजा निर्माण गरेका हुन् । फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ l'म यस्तो गीत गाउँछु २'को कथा शिवं अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । फिल्ममा पाँच गीत समावेश छन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ । फिल्म फाल्गुन १३ गते बाट प्रदर्शनमा आउँदै छ l