फिल्म ‘प्रेमगञ्ज’ को पोस्टर सार्वजनिक गरिएको छ l निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै फिल्मको पहिलो अनुहार सार्वजनिक गरेको हो l फिल्ममा बेनिशाको अपोजिटमा तेज गिरी रहेका छन् l मुक्तिनाथ विकास बैंकका जागिर तेजले ‘प्रेमगन्ज’बाट मुख्य अभिनेतामा डेब्यु गरेका हुन् । परीच्छेद सेनको निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् l ‘चलचित्र चौतारी’ को ब्यानरमा निर्माण हुने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका छन् ।स्पट ब्वाईको रूपमा काम गर्दै आएका राजु फुयाँल भने फिल्मका निर्माता हुन् l त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको फिल्ममा फिल्ममा शिशिर राणा, रश्मि भट्ट, पवन भट्टराई, सन्जोग रसाइली ,सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल लगायतको अभिनय रहेको छ l