सुन्दर जोडी नायिका निता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारी नयाँ फिल्मको तयारीमा जुटेका छन् l यस जोडीले नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ निर्माण गर्ने भएका छन् l फिल्ममा यी दुई नै मुख्य भूमिकामा देखिने छन् भने अन्य कलाकारहरू भने छनौटको तयारीमा रहेको बुझिएको छ l केही समय अघि निता र हरिहरले गीतामाथि पनि फिल्म बनाउने घोषणा गरेका थिए । तर त्यो प्रोजेक्ट थाँती राख्दै दुवैले रोमान्टिक फिल्ममा काम गर्न लागेका हुन् । फिल्मको सुटिङ यही महिनाको अन्त्यबाट गर्ने गरी तयारी भइरहेको छ l