नायिका रेखा थापाले विवाह बन्धनमा बाँधिएकी छिन् l उनले प्रेमी बलराम शाही ठकुरीसँग लगन गाँठो कसेकी हुन् l केही हप्ता अघि यी दुईले अदालतमा कोर्ट म्यारिज गरेका हुन् l निर्माता छवि राज ओझा सँग सम्बन्ध चिसिए पछि उनी लगभग १० वर्ष सम्म एकल जीवन बिताइ रहेको थिइन् l जाजरकोट निवासी बलराम पेशाले पर्यटन व्यवसायी हुन् । रेखा र बलरामलाई वैवाहिक जीवनको शुभकामना l केही समय देखी मिडियामा रेखाले  इन्डस्ट्रीभन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजनामा रहेको बताउँदै आइरहेकी थिइन् l