चर्चित गायिका अन्जु पन्तले पहिलो पल्ट एकल साँझमा प्रस्तुत हुन लागेकी छिन् । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जु एकल गायनका लागि प्रस्तुत हुन लागेकी हुन् । आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ४ बजेबाट सुरु हुने कार्यक्रममा अन्जुले आफ्ना जीवनकालका चर्चित आधा दर्जन गीत सुनाउने तयारी गरिरहेकी छिन् । यसका लागि २७ जना वाद्यवादकको टोलीका साथ अन्जुले मंगलबारबाट राष्ट्रिय नाचघरको प्रांगणमा अभ्यास थालेकी छिन् ।
करिब दुई घन्टा चल्ने एकल साँझमा अन्जुले फिल्मी गीतसँगै सुगम गीत पनि गाउने तयारी गरिरहेकी छिन् । त्यस्तै एकल साँझबाट उठेको रमक परोपकारी काममा खर्चिने अन्जुले घोषणा गरेकी छिन् । उनले एकल साँझबाट उठेको रकम  पर्दा पछाडि काम गर्ने रेकर्डिस्टको संस्था रेकर्डिस्ट एसोसियनलाई ५० प्रतिशत र गरिब जेहनदार बालबालिकाको शिक्षाका लागि ५० प्रतिशत खर्च गर्ने बताएकी छिन् । 
भदौ २४ गते अर्थात् आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने एकल साँझमा सहभागिताका लागि टिकट मूल्य ३ हजार, २ हजार र १ हजार राखिएको छ ।