गायिका अञ्जु पन्तले पती थिर कोइरालासँग अभिनय गर्दै नयाँ म्युजिक भिडियो ‘अब छाडेर जाने कुरा नगर’ सार्वजनिक गरेकी छिन् l  सार्वजनिक गरेकी छन् । हाल अमेरिकामा रहेकी अञ्जुले सोमबार भ्यालेन्टाइन डेको अवसर पारेर उक्त गीत रिलिज गरेकी हुन् l गोविन्द हुमागाईँको शब्द लेखन् रहेको गीतको लय सिर्जना कर्मा ग्याल्जेन बोमजनको हो l

भिडियोलाई नरेन्द्र लोहनीले खिचेका हुन् । लक्ष्मण दियालीको परिकल्पना, निर्देशन तथा सम्पादन रहेको म्युजिक भिडियो ‘अन्जु पन्त अफिसियल’युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।