सञ्चारकर्मी कुवेर डंगोलले निर्देशन गरेको टिभीसीमा अभिनेता अनमोल केसी देखिएका छन् l हालै उनले एम्पाएरको लागि फोटोसुट र टिभीसी (टेलिभिजन विज्ञापन) को छायांकन सकाएका छन् । रंग पत्रकार राजन घिमिरेको कन्सेप्टमा तयार भएको टिभीसीमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । टिभीसीमा अष्ट्रेलिया गएर पढ्न चाहने विद्यार्थीहरूको लागि छोटो सन्देश छोडिएको छ । फोटोग्राफीको फिल्डमा बेग्लै पहिचान बनाएका डंगोलले अनमोलसँग काम गर्न पाएकोमा खुसी लागेको बताए ।