’माया बस्यो कि कतै' बोलको म्युजिक भिडियो इन्टरनेट रिलिज भएको छ । शिशिर भण्डारीको शब्द तथा संगीत रहेको गीतमा नव गायक आयुष्मान् चापागाईँ र सुजता पाण्डेको भोकल समावेश छ ।
शिशिर भण्डारी ईन्टरटेन्मेन्टको प्रस्तुति रहेको म्युजिक भिडियोलाई नयाँ नयाँ न्युज नेपाल युट्युब च्यानल बाट रिलिज गरिएको हो l विकल श्रेष्ठको निर्देशन छायाङ्कन र सम्पादन रहेको यस भिडियोमा नितिशा शर्मा र शिशिर भण्डारीले अभिनय गरेका छन् ।