नायिका रेखा थापाको विवाह खबरले आफु खुसी रहेको निर्माता छविराज ओझाले बताएका छन् l आफ्नो जीवन साथै रेखाले पाएकोमा खुसी व्यक्त गर्दै उनले बधाई समेत दिएको अभिव्यक्ति दिएका छन् l छविराज सँग सम्बन्ध चिसिएपछि १० वर्ष सम्म एकल जीवन बिताएकी रेखाले प्रेमी बलराम शाही ठकुरीसँग लगन गाँठो कसेकी हुन् l केही हप्ता अघि उनले अदालतमा कोर्ट म्यारिज गरेका हुन् l जाजरकोट निवासी बलराम पेशाले पर्यटन व्यवसायी हुन् । रेखा र बलरामलाई वैवाहिक जीवनको शुभकामना l केही समय देखी मिडियामा रेखाले इन्डस्ट्रीभन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजनामा रहेको बताउँदै आइरहेकी थिइन् l