गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिमी हौ तिमी’ सार्वजनिक भएको छ । शिशिर जय खरेलको शब्द संगीत रहेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् l

अभिनेता आर्यन सिग्देल र पूजा शर्माको प्रेम र रोमान्स भिडियोमा    
देखाइएको छ । बुद्ध थापाले भिडियोको छायाङ्कन गरेका हुन् l विकास धमलाको सम्पादन रहेको भिडियोलाई युट्युब जय हो मार्फत सार्वजनिक गरिएको छ l