चलचित्र ‘मंगलम’को पहिलो गीत सार्वजनिक भएको छ । ‘पर्ख पर्ख’ बोलको गीत बुधबार साँझ युट्युब मार्फत सार्वजनिक गरिएको हने । लोक लयमा बनेको उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने कृष्ण काफ्ले र विन्दु परियारको स्वर  रहेको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य नायक–नायिका पुष्पल खड्का र शिल्पा पोखरेलले फिचरिङ गरेका छन् ।

 

भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेरका हुन् भने विष्णु ‘कल्पित’ घिमिरेले खिचेका हुन् । छविराज प्रोडक्सन र गुण सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘मंगलम’की निर्मात्री शिल्पा पोखरेल हुन् । नवल नेपालले निर्देशन गरेको सिनेमामा पुष्पल खड्का, शिल्पा पोखरेल, पृथ्वीराज प्रशाई लगायतका कलाकारको अभिनय छ । चलचित्र फुलपातीको अबसर पारेर असोज ११ गते प्रदर्शनमा आउने भएको छ ।