कलाकार बले सागर लम्सालको अभिनय रहेको म्युजिक भिडियो ‘कहानी एकादेश’को सार्वजनिक भएको छ । गायक निशान भट्टराईले स्वर रहेको गीतको शब्द तथा लय सिर्जना दीपक सापकोटाको रहेको छ । भिडियोलाई 'काकु' दीपक आचार्यले निर्देशन गरेका हुन् l
प्रेम र बिछोडको कथा बोकेको गीतको भिडियोमा कलाकारहरू सागरको अलावा सुप्रिया खनाल, दीपक आचार्य, सन्देश लामिछाने, भावना आचार्य, सालिकराम भण्डारी, अर्जुन तिमिल्सिना र अयुव बास्तोलाको अभिनय छ ।