गायक अमित बरालको आवाजमा 'रानी' बोल को म्युजिक भिडियो सार्वजनिक भएको छ l गीतमा शब्द कमल रेग्मी , संगीत पुस्पन प्रधानको रहेको छ l भिडियोलाई विवेक रसाइलीले छायांकन तथा निर्देशन गरेका हुन् ।
उक्त भिडियोमा स्वयम् अमित बराल फिचर्ड छन् भने उनलाई इसा बरालले साथ दिएकी छन् । भिडियो निकै प्रेमिल बनेको छ भने गीत पनि उत्कृष्ट बनेको महसुस गर्न सकिन्छ । भिडियो को सम्पादन भने भूपेन्द्र अधिकारीले गरेका हुन् l