फिल्म ‘द स्काइ इज माइन’ मा बलिउड नायिका तनिष्ठा चटर्जी सँग अभिनेता दयाह्याङ राईले स्क्रिन सेयर गर्ने भएका छन् l निर्देशक दीपक रौनियारको उक्त फिल्म यी मुख्य भूमिकामा देखिने भएका हुन् l दीपकसँगै डेविड बार्कर र आशा मगरतीको संयुक्तमा लेखिएको फिल्मको कथा एक गहुँगोरो महिला पुलिस अफिसरको वरिपरि घुम्नेछ, जसले जासुस बनेर देशमा जरा गाँडेर बसेको कुप्रथालाई अन्त्य गर्ने रहेको छ l मैथ्यू टोपोनियरले फिल्मको सम्पादन गर्नेछन् । फिल्म ‘हाइवे’ र ‘ह्वाइट सन्’ बाट वाहवाही बटुलेका रौनियारको सर्ट फिल्म ‘फोर नाइट्स’ अहिले बर्लिन फिल्म फेस्टिभलमा स्क्रिनिङ भैरहेको छ । ‘ब्रिटिस इन्डिपेन्डेन्ट फिल्म अवार्ड’ मा फिल्म ‘ब्रिक लेन’, पार्च्ड’ र लायन’ बाट उत्कृष्ट नायिकाको मनोनयनमा परेकी उनले पहिलो निर्देशकिय फिल्म ‘रोम रोम में’ का लागि बुसानमा ‘एसिया स्टार’ पुरस्कार समेत जितेकी थिइन् ।