भारतिय चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन् l काठमाडौँको दशरथ रंगशालामा प्रस्तुति दिन खान नयाँ वर्षको वैशाख ३ गते नेपाल आउन लागेका हुन् l यसअघि २०७४ फागुन २६ गते हुने भनिएको दबंग रिलोडेड कार्यक्रम स्थगित भएको थियो । सोही सम्झौता अनुसार उनी नेपाल आउने बुझिएको छ l सलमान सँगै अन्य चर्चित कलाकारहरू ज्याकलिन फर्नान्डिज, निर्देशक प्रभु देवा,  मनिष पौल , सोनाक्षी सिन्हा र आयुष शर्मा आउने छन् l ओडीसी इन्टरटेनमेन्टले कलाकारहरूलाई नेपाल भित्र्याउन लागेको हो l