युट्युब च्यानल ओ एस् आर डिजिटल मार्फत नायिका पूजा शर्मा र नायक पुष्प खड्का फिचर्ड रहेको म्युजिक भिडियो 'अन्तिम इछ्या' सार्वजनिक भएको छ l केही घण्टा अगाडी रिलिज गरिएको गीतमा आवाज किरण पुञ्जले दिएका छन् l
राजेन्द्र वाइबाको शब्द,संगित र एरेन्ज रहेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् l बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् l