गीत ‘किन शंका गर्छौ’को युगल भर्सनमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले अभिनय गरेका छन् l ९ वर्षअघि नै प्रमोद खरेलको आवाजमा सार्वजनिक भएको गीतको  युगल भर्सनमा गायक प्रमोद र मिलन नेवारको स्वर रहेको छ । 

गीतमा गायत्री थापाको शब्द छ भने राजकुमार बगरले संगीत दिएका छन् भने उदयराज पौडेलले एरेन्ज गरेका हुन् । भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका छन् । उत्सव दाहालले भिडियोको दृश्य कैद गरेका हुन् l