रियालिटी सो नेपाल आइडलको दोश्रो सिजन देखी होस्टको रुपमा देखिएका अभिनेता आसिफ शाह अब अर्को सिजन देखी नदेखिने भएका छन् l उक्त कुरालाई असिफले सामाजिक सञ्जाल मार्फत बताएका हुन् l तीन वटा सिजन होस्ट गरेका उनले अब आउने सिजनमा नहुने र यो सिजन यादगार बनाउने शाहको भनाइ छ l तस्बिर राख्दै क्याप्सनमा लेखेका छन् : हरेक यात्रा,जतिसुकै रोचक किन नहोस्,अन्त्य अवश्य हुन्छ।नेपाल आइडलको मेरो यात्रा पनि अब यही सिजन सम्मको छ। यसलाई सकेसम्म यादगार बनाउने कोसिसमा छु। दोश्रो सिजनमा नायिका रिमा विश्वकर्मा सँग जोडी बाँधेर होस्टको रुपमा देखिएका उनले क्रमशः :सिजन ३ र ४' मा माम्पी घोश र रेश्मा घिमिरे सँग देखिएका छन् l सुशील नेपालले छोडे पछि रियालिटी सो टिमले असिफलाई होस्टको रुपमा ल्याएका थिएl नेपालकै टप वान गायन रियालिटी सो को परिचय बनाएको नेपाल आइडलको हाल चौथो सिजन चलिरहेको छ l एपिवान टेलिभिजन र नेपाल आइडलको अफिसियल च्यानल बाट प्रसारण सोको यती बेला गलाराउन्ड २० औ एपिसोड सकेर २१ औ एपिसोड प्रसारणमा आउने बेला भएको छ l 'सिजन ४' को निर्णायकमा सम्भुजित बास्कोटा , शुभानी मोक्तान र सुगम पोख्रेल रहेका छन् l