अभिनेता सरोज खनालले फिल्म निर्देशनमा डेब्यू गरेका छन् । 'बगान' नामक नेपाली कथानक फिल्म बाट उनले आफूलाई निर्देशन डेब्युमा ढालेका हुन् l यति बेला धमाधम छायाङ्कन भइरहेको फिल्मलाई सुरेश वाग्लेसँग सहकार्य गरेर सरोज आफैँले निर्माण गरेका हुन् ।फिल्ममा करिश्मा मानन्धर, नीर शाह र प्रमीला कार्कीको मुख्य भूमिका छ l फिल्मलाई आउँदो वैशाखमा हलमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ । गौरीशंकर धुजूको छायाङ्कन रहेको फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पार्श्व संगीत छ । फिल्मका गीतमा भने सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् ।