न्युयोर्क फेसन विकमा नेपालकी अञ्जलि लामा सहभागी भएकी छिन् l ट्रान्सजेन्डर मोडल अञ्जलिले बुधवार न्युयोर्कमा सम्पन्न उक्त फेसन शोमा क्याटवाक गरेकी थिइन् l सो खबरलाई विश्व चर्चित फेसन म्यागेजिन भोगले सार्वजनिक गरेको हो l अञ्जलीले नेपाली मूलका विश्व प्रसिद्ध फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनमा र्‍याम्पमा उत्रिएकी हुन् ।  जुन ७ देखि ९ दिनसम्म चल्ने छ l यो विश्वको चार प्रमुख फेसन विकमध्ये एक हो ।  जसमा विश्व चर्चित फेसन डिजाइनरले आफ्ना डिजाइनलाई मोडलमार्फत प्रस्तुत गर्छन् । शोमा सहभागी हुने प्रथम ट्रान्सजेण्डर मोडल हुन् अञ्जलि l न्युयोर्क फेसन विक वर्षमा दुई पटक सञ्चालन हुन्छ । यो फेब्रुअरीको एक साता र सेप्टेम्बरमा एक हप्ता गरी दुई सिजनमा चल्ने फेसन विक हो । पहिलो न्युयोर्क फेसन विक सन् १९४३ मा अमेरिकी फेसन उद्योगको पहिलो प्रवर्द्धन संस्था न्यूयोर्क ड्रेस इन्स्टिच्युटका प्रेस निर्देशक एलेनोर ल्याम्बर्टद्वारा सिर्जना गरिएको थियो । यस शोलाई ‘बिग फोर’को रुपमा पनि चिनिन्छ ।