संगीत चोरीको आरोप लगाएका संगीतकार वसन्त सापकोटाले अर्का संगीतकार महेश खड्का सँग माफी मागेका छन् l ‘सिलसिला’ फिल्ममा समावेश गीत ‘सागरसरी’ बाट आफ्नो संगीत चोरेको भन्दै मिडियामा बोलेका बसन्तले सञ्जाल मार्फत माफी मागेका हुन् l उनले लेखेका छन् : ‘जानी नजानी मानिसबाट गल्ती हुन्छ। कुराहरू जति बढाउँदै लग्यो त्यत्ति नै बिग्रँदै जाने हुनाले मबाट केही गल्ती भएको छ भने सबैसँग माफी माग्छु। सुषुप्त मनभित्र कहिले काहीँ राम्रो धुनहरू बस्न जान्छन् कहिले काहीँ एकै खालका शब्दहरू आउँदा धुन पनि मिल्न जान्छ यही कुरालाई हृदयङ्गम गर्दै आदरणीय दाजु महेश खड्का सङ्ग आगामी दिनमा केही असमजदारि देखा परे मिलेर समाधान गर्नेगरि मेरो तर्फबाट पर्न गएको असुविधा प्रति माफी चाहन्छु !’ महेशको 'नोगेन' गीतको संगीत सँग आफ्नो संगित मिलेको वसन्त केही समय अघि आरोप लगाएका थिए l बसन्तले संगीतकार महेश खड्कामाथि आरोप लगाएपछि खड्काले बौद्धिक चोरी विषयमा कानुनी उपचार खोज्ने धेरै उपाय छोडेर सापकोटाले मिडिया बाजी गरी खड्काको प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाएका थिए।