गायक किरण गज्मेर र रचना रिमालको आवाजमा गीत 'चकमक झुलो' बोलको गीत रिलिज भएको छ l अमर बान्तु राई को रचना र राजनराज शिवाकोटीको संगितमा समावेश गीतको भिडियोलाई ओ एस् आर बाट रिलिज गरिएको हो l

भिडियोमा अभिनेता पल शाह र टिकटकर गरीमा शर्मा फिचर्ड छन् l विक्रम चौहानको कोरीयोग्राफी तथा निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् l भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका छन् l