सर्टफिल्म 'हनिमुन' युट्युबमा सार्वजनिक गरिएको छ । रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई च्यानल राम्रो एन्टरटेन्मेन्ट बाट हालिएको हो l फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ ।
विजय अर्यालको आवाज, विशाल निरौलाको म्युजिक, योगेश गाजीको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ, राजेन्द्र मोक्तानको कलरग्रेडिङ, शाहिल खान र मिलन श्रेष्ठको सम्पादनमा फिल्म तयार हुनुका साथै फिल्मलाई संकल्प भुजेलले खिचेका हुन् । बिहेपछि श्रीमान् र श्रीमतीको रमाइलो पल हनिमुनको दिन एउटा सानो कारणले झगडाको रूप लिन्छ, जो निकै सामान्य विषयवस्तु रहेको फिल्मको कथाले देखाएको छ ।