ड्रिप चाम्लिङ युट्युब च्यानल बाट म्युजिक भिडियो 'बिरानो देश' सार्वजनिक भएको छ l ड्रिप चाम्लिङको शब्द रहेको गीतमा आवाज विश्व नेपालीको रहेको छ l सुरेश अधिकारीको लय सिर्जना रहेको गीतको एरेन्ज महाराज थापाले गरेका छन् l

राजेश पुमा राईको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने विकास दाहालले सम्पादन गरेका हुन् l सनम कथायत र रोशनी कार्कीको अभिनय भिडियोमा रहेको छ l