गायक भूपेन्द्र सिंह र गायिका रेखा जोशीको आवाजमा ‘बुहारी चाहियो घर’ बोलको गीत सार्वजनिक भएको छ । गायक सिंहकै शब्द रहेको गीतको लय सिर्जना जीवन बडुको रहेको छ l भिडियोलाई निर्देशक तथा कोरियोग्राफर सुरेन बस्यालले निर्देशन गरेका हुन् ।
भिडियोमा जयन्द्र साउद, स्मारिका ढकाल, श्वेता भण्डारी, चर्चित बाल कलाकार आयुसी ढकाल, जेबिन/जेनिस श्रेष्ठ, आदित्य भण्डारीको मुख्य अभिनय रहेको छ । नीरज कँडेलले दृश्य कैद गरेको भिडियोलाई नीराजन के.सीले सम्पादन गरेका हुन् l भिडियो ओएस्आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।