अभिनेता राजेश हमालले अष्टदीप मल्टिनेशनलको आवास परियोजना अन्तर्गत तिलोत्तमा होम्समा निर्मित भवनको औपचारिक उद्घाटन गरेका छन् l हमालले रुपन्देही पुगेर बी ब्लकको एक घर (एक करोड ७५ लाख बराबर) को औपचारिक उद्घाटन गरेका हुन् । सो उद्घाटन उनले गत शनिवार गरेका हुन् l उनले यो देशकै नमुना आवास क्षेत्र बन्ने विश्वास व्यक्त गरे । कम्पनीले तिलोत्तमा–७ भलवारिमा ६ बिगाहा क्षेत्रफलमा आवास विकास परियोजनामा सुरु गरेको हो । जसमा १०९ वटा घर निर्माण हुने बताइएको छ । कार्यक्रममा बढ्दो शहरीकरण र प्रदूषणलाई मध्य नजर गर्दै बुटवल र भैरहवाको बिचमा व्यवस्थित र आधुनिक बसाइका लागि विशेष आयोजना अगाडि बढाएको लुम्बिनी अष्टदीप मल्टिनेशनलका अध्यक्ष नेत्र वनले बताएका थिए l