निर्देशक दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘हनी बनी’ को प्रदर्शन मिति तय भएको छ l दसैँ यानिकी असोज १४ गतेलाई फिल्म सिनेमा हलमा आउने भएको हो l रिलिज मिति तय गरिएता पनि फिल्मको छायाङ्कन भने सुरु पनि गरिएको छैन l   फिल्ममा नायक अनमोल केसी र सलोन बस्नेत मुख्य भूमिकामा छन्  l ७ करोड लागतमा निर्माण हुन लागेको यस फिल्मलाई एबी इन्टरनेशलको प्रस्तुति रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा बनाउन लागिएको हो l फिल्ममा नयाँ अनुहारको पनि अभिनय रहनेछ । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् l