फिल्म 'हनी बनी'मा सारा सिर्पाली अनुबन्धित भएकी छन् । उक्त खबरको जानकारी निर्देशक दिवाकर भट्टराईले दिएका हुन् l फिल्ममा सार र अनमोल मुख्य भूमिकामा देखिँदै छन् l  अनमोल र साराले पहिलो पटक फिल्ममा काम गर्न लागेका हुन् ।   फिल्ममा सलोन बस्नेत पनि मुख्य भूमिकामा छन्  l ७ करोड लागतमा निर्माण हुन लागेको यस फिल्मलाई एबी इन्टरनेशलको प्रस्तुति रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा बनाउन लागिएको हो l  फिल्मलाई युरोपका विभिन्न देशमा छायांकन गरिने निर्देशक भट्टराईले बताए ।अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् l मार्च बाट फ्लोरमा जाने 'हनी बनी' असोज १४ गते सिनेमा हलमा प्रदर्शन हुने छ l