गत आइतबार सार्वजनिक भएको ‘हजुर मुसुक्कै’ बोलको गीतले लाखौँ भ्युजको आँकडा पार गर्नुका साथै यस गीतलाई दर्शकले अत्यधिक रुचाए पनि l १२ वर्ष पछि निरुता सिंह र महानायक हमाल एउटै स्क्रिन देखिएकाले पनि उक्त गीतलाई नहेरी बस्न सकेनन् l ट्रेन्डिङ दुईसम्म पुग्न सफल गीतको भिडियोलाई १८ लाख बढीले हेरेका छन् । अब यही गीतको क्रेजलाई मध्य नजर गर्दै निर्देशक आग्रीले हजुर मुसुक्कै शीर्षकमा फिल्म पनि बनाउने भएका छन् l गीतको सफलता पछि केही दिन अघि राखिएको पत्रकार सम्मेलनमा उनले फिल्म बारे बोलेका हुन् l तर कलाकार भने सोही म्युजिक भिडियोको हुने छन् या छैनन् उक्त कुरा बारे निर्देशकले बोलेका भने छैनन् l म्युजिक भिडियोमा अभिनेता राजेश हमाल , नायिका निरुता सिंह , प्रियाना आचार्य 'मुन्नी' झकेन बिसी, सुरवीर पण्डित, प्रिन्सी विश्वकर्मा र सन्तोष मग्राती फिचर्ड छन् l सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा रचना रिमाल र कृष्ण विकको आवाज छ ।