चलचित्र 'रानी'को नयाँ गीत सार्वजनिक भएको छ । गीत रिलिज सँगै चलचित्र।'भन भन' बोलको गीत बिहिबार सार्वजनिक गरिएको हो । गीतमा बिजय घिमिरेको शब्द तथा संगीत रहेको छ भने बिजय स्वयमले गीतलाई गाएको छन् । बिजयलाई गायिका निकिता थापाले साथ दिएकी छिन् । कात्तिक २ गते लक्ष्मीपुजाको दिनदेखि प्रदर्शनमा आउने पक्का भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको रोमान्टिक गीत रिलिज गरिएको हो । लक्ष्मीपुजामा रेखा थापाको रुद्रप्रियाले प्रदर्शन मिति पक्का गरिसकेको छ ।

 

दयाराम दाहाल निर्देशित चलचित्र रानी मा मलिना जोशी शिर्ष भूमिका रानीको रुपमा प्रस्तुत भएकी छिन् भने नायक अनुपविक्रम शाही, नव नायकहरु सरुक ताम्राकार मनिष सुन्दर श्रेष्ठको मुख्य भूमिका रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र रानी लाई भानु महर्जनको निर्माण गरेका हुन् ।