लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै निर्देशका सुदर्शन थापा र संचारकर्मी सुप्रिया कटुवालले असोज २२ गते विवाह गरेका थिए l एपी वान् टेलिभिजनमा कार्यरत रहेकी सुप्रियाले साँढे सात नामक फिल्म साथै दर्जनौँ म्युजिक भिडियोमा पनि अभिनय गरी सकेकी छिन् भने सुदर्शन नेपाली फिल्म क्षेत्रमा जमेका निर्माता तथा निर्देशक हुन् l उनको निर्देशन तथा निर्माण रहेको फिल्म 'म यस्तो गीत गाउँछु २ ' यही फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ l फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा मुख्य मुख्य भूमिकामा छन् l साथै पूजा पनि यस फिल्मको निर्मात्री हुन् l
तस्विर: विकास अर्याल