गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको अडियो सार्वजनिक भए सँगै यती बेला सिनेबजारमा अभिनेता पल शाहको नामले तहल्का पिटेको छ l गए राती सोमबार सार्वजनिक भएको सो अडियोका कारण पललाई गालीका साथै सान्त्वना दिनेहरूको ओइरो लागेको छ l जब आफूलाई यो तनाव आइ पर्‍यो तब पलले सामाजिक सञ्जाल मार्फत एक स्ट्याटस लेखे l सो स्ट्याटसलाई मध्य नजर गर्दै दर्शक साथै सिनेकर्मीहरुले उनलाई सान्त्वना दिइरहेका छन् l आज जन्मदिनकै दिन उपहारमा तनाव पाएका पलको सपोर्ट गर्दै नायिका करिश्मा मानन्धरले पनि हिम्मत नहार्न सुझाव दिएकी छन् । पल शाहको स्ट्याटसमा कमेन्ट गर्दै उनले यस्तो सुझाव दिएकी हुन् । पलको स्ट्याटसमा कमेन्ट गर्दै करिश्माले भनेकी छन्, ‘स्टे स्ट्रङ भाइ । भगवान् तिम्रो साथमा हुनुहुन्छ । सधैँ सुखी र खुसी रहनु ।’ पल यतीखेर  यौन दुर्व्यवहारको आरोपको सामना गरी रहेका छन् l